Studio Time :

Today : 22-September-2017

रेडियो प्रकृति एफ. एम.

९३.४ मेगाहर्ज

ON AIR

New Look Songs

UP NEXT

Desh Darpan

हाम्रो बारेमा

नेपाल प्राकृतिक श्रोतको अपार भण्डार भएको देश हो । प्रकृतिको देनको रुपमा नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र प्राकृतिक श्रोत जल , जंगल र जमिनको अपार भण्डार भएको क्षेत्र हो । तर यस क्षेत्रको प्राकृति श्रोतको समुचित र दिगो व्यवस्थापन तथा उपयोग हुन नसक्दा प्रकृतिको देन प्राकृतिक श्रोत त्यसै खेर गैरहेको छ भने यस क्षेत्रका जनताहरु सदैव अभावै अभावमा पिल्सीनु परिरहेको छ ।

प्राकृतिक श्रोतको भण्डार यस क्षेत्रको वृहत्तर संभावनाहरु हो भने गरिवी , सामाजिक विभेद, कुरीती, विकासमा असमानता र शैक्षिक पछयौटेपन आदि यस क्षेत्रका चुनौतिहरु हुन । विगतमा भएका ठूला ठूला राजनितिक परिवर्तनमा यस क्षेत्रका जनताले संचालन गरेका राजनिति तथा सामाजिक आन्दोलनमा ठूलो योगदान रहेको छ ।

विश्व सामु चुनौतिको रुपमा देखा परेको जलवायु परिवर्तनले विश्व व्यापी तापमानमा समेत वृद्धि हुन गएको छ । जलवायु परिवर्तनका असरहरु यस क्षेत्रमा समेत देखीन थालेका छन् । विज्ञानले प्रमाणीत गरेको जलवायु परिवर्तनका असरलाई यस क्षेत्रमा दैव भगवानको खेलको रुपमा लिने गरिएका प्रशस्त उदाहरणह्रु छन् । त्यसैले यस क्षेत्रका समुदायमा जल वायु परिवर्तनका आर्थिक , सामाजिक र वैज्ञानिक पक्षकाबारेमा स्पष्ट संग बताउनु पर्ने अवश्यकता छ ।

प्राकृतिक श्रोत ( जल ,जंगल र जमिन ) को दिगो व्यवस्थापन उपयोगमा समुदायको सक्रिय सहभागीता वृद्धि गरी आर्थिक सम्वृद्धिका सम्भावनाहरु खोजी गर्नु पर्ने आवश्यकता छ । गरीव विपन्न भूमीहीन किसानहरु र समुदायलाई प्राकृतिक श्रोत व्यवस्थापनका मालिक बनाई यस क्षेत्रको गरिवी विपन्नलाई हटाउनु पर्ने आवश्यकता छ ।

राज्यका विभिन्न अंग र सामाजिक संरक्षणमा भ्रष्टाचार र ढिला सुस्ती मौलाउन थालेको छ । आम जन समुदायमा सूचनाको हक कानुनको कार्यान्वयन हुन सकिरहेको छैन । भ्रष्टाचार मुक्त समाज निर्माण नागरीकन संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास ,आर्थिक सुदृढि र सामाजिक रुपमान्तरण सम्भव छैन । त्यसैले शुुशासन ,मानव अधिकार र लोकतन्त्र सुद्रिढिकरणका लागि सूचनाको हक कानुनको कार्यान्वयन र शशक्त नागरीक खवरदारीको आवश्यकता छ ।

माथी उल्लेखीत यीनै आवश्यकताहरुलाई सचेत नागरीक समुदायको तर्फबाट पहल गर्न प्राकृतिक श्रोत व्यवस्थापन समाजद्धारा मध्य पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने राप्ती अञ्चलको तुलसीपुर दाड.मा सामुदायिक रेडीयो स्टेशनको रुपमा ५०० वाट क्षमता भएको रेडियो प्रकृतिक एफ. एम ९३.४ मे.हर्ज स्थापना गरिएको छ । यो सामुदायिक रेडियो स्टेशन वातावरण मैत्री र समुदायको सामुहिक पहलका रुपमा स्थापना गरिएको छ ।

रेडियो प्रकृति एफ. एम. ९३.४ मे. हर्ज को प्रमुख उदेश्यहरु----

१) प्राकृतिक श्रोत ( जल, जंगल र जमिन) को दिगो व्यवस्थापन र उपयोगमा समुदायको सक्रृय सहभागीता वृद्धि गरी समृद्ध समाज निर्माण गर्दै गरीव, विपन्न र समुदायको अधिकार स्थापित गराउने र वातावरणीय सन्तुलन कायम राख्ने ।

२) जलवायु परिवर्तन र विश्व व्यापी तापक्रम वृद्धिकाबारेमा जन चेतना अभिवृद्धि गर्दै जलवायू परिवर्तन न्यूनिकरण र अनुकुलनका लागि स्थानिय स्तरमा भईरहेको अभ्यासहरुलाई समवृद्ध गर्ने ।

३) लोकतन्त्र, गणतन्त्र ,संघियता र मानव अधिकारको सुदिृढिकरण एवं सामाजिक रुपान्तरण गर्न सही सूचना ,शिक्षा र मनोरञ्जन प्रदान गर्ने ।

४) गरिवी, विपन्न , समाजमा पाखा पारिएको समुदाय र आवाज विहिनहरुको समावेशी आवाजलाई मजवुत र संगठित गर्ने ।

५) सामुदायिक शुशासन पद्धतिलाई सुदृढ र सवल वनाउंदै स्थानिय लोकतन्त्र र अर्थतन्त्रलाई मजबुत वनाउने ।

माथी उल्लेखीत उदेश्यहरु प्राप्ती गर्न एक्लो प्रयाशबाट सम्वभ छैन । त्यसैले सामुदायिक रेडियो स्टेशन रेडियो प्रकृति ९३.४ मेगा हर्ज प्रशारणको संघारमा रेडियो सभारम्भ सहकार्य प्रस्तावना तयार गरी विभिन्न संघसंस्था एवं समाजसेवीहरु समक्ष सहयोगका लागि प्रस्ताव गरीएको छ ।

त्यसैले सम्भव भए सम्म तपाईले रेडियो प्रकृतिलाई आर्थिक साहयता प्रदान गर्नूहोस र रेडियो प्रकृतिले तपाईलाई साथ र कार्यक्रम प्रदान गर्ने छ । रेडियो शुभारम्भ सहकार्य प्रस्तावनाले सम्वन्धित संस्था र व्यक्तिका सवाल ,विचार , सूचना र व्यवसायलाई आम जन समुदाय समक्ष पुर्याई स्थापित गर्न मद्धत पुर्याउने छ । साथै सामुदायिक रेडियो स्टेशन संस्थापक बन्ने पनि गौरबमय अवसर हो । 

रेडियो प्रशारण क्षमता र क्षेत्र--

सामुदायिक रेडियो स्टेशन रेडियो प्रकृति एफ. एम ९३.४ मेगा हर्जको प्रशारण क्षमता पांच सय बाटको रहेको छ । यो रेडियोको प्रशारण दाड., सल्यान , रोल्पा, रुकुम ,प्यूठान, बांके , वर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालिकोट कपिलवस्तु, अर्घाखांची, लगायतका २५ जिल्ला र छिमेकी मुलुक भारत सम्मका पच्चीस लाख श्रोता सम्म पहँुच रहेको छ ।साथै ईन्टरनेट www.radioprakriti.com बाट देश विदेशमा रहेका हजारौ स्रोताहरुले समेत रेडियो सुन्नीरहेका छन् । 

Copyright 2017.Radio Prakriti 93.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal