Studio Time :

Today : 17-December-2017

रेडियो प्रकृति एफ. एम.

९३.४ मेगाहर्ज

ON AIR

Nepali Morden Songs

UP NEXT

Prakriti mul khabar

NEWS & EVENTS

भूमिसुधारमन्त्री गोपाल दहितले एलडीओ र प्रहरी प्रमुखकै सामुन्ने अपशब्द प्रयोग गरे

तुलसीपुर,४ भदौ । आफूलाई झण्डावाल गाडी नपठाएको भन्दै भूमिसुधारमन्त्री गोपाल दहितले सार्वजनिक कार्यक्रममै प्रमुख जिल्ला अधिकारीको उछितो काढेका छन् । भूमिसुधार मन्त्री दहित दाङमा हुने ‘मुक्त कमलरी परिचय पत्र वितरण’ सहितका कार्यक्रममा सहभागी हुन शनिबार विमान चढेर नेपालगञ्ज पुगे । उनका लागि स्थानीय प्रशासनले कृषि कार्यालयको गाडी पठाएको थियो ।

अधिकारीहरुका अनुसार यसअघि अरु मन्त्री दाङ जाँदा पनि यो गाडी नै प्रयोग गरेका थिए । तर, गाडीमा झण्डा नभएको भन्दै मन्त्री दहित आक्रोशित भए । लगतै जिल्ला विकास समितिको अर्को गाडीमा झण्डा राख्ने डण्डी बेल्डिङ गराइयो र, प्रमुख जिल्ला अधिकारीसहितको टोली मन्त्री दहितलाई रिसिभ गर्न बाँके र दाङको सीमाना अमेलियासम्म पुगेको थियो ।

तर, दहितले त्यो गाडी पनि चढ्न मानेनन् । एयरपोर्टबाटै चढेर आएको गाडीमा दाङ आए र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमाथि खनिए । उनले एलडीओ र प्रहरी प्रमुखकै सामुन्ने अपशब्द प्रयोग गर्दै गाली गरेका थिए ।

आइतबार सार्वजनिक कार्यक्रममै पनि भूमिसुधारमन्त्री दहितले सीडीओको उछितो काढेका छन् । ‘हाम्रो यहाँका प्रमुख जिल्ला अधिकारीले वर्तमान मन्त्रीलाई कसरी इज्जत सम्मान दिनुपर्छ भन्ने सिकेका रहेनछन्,’ उनले भने, एउटा गाडी नेपालगञ्ज पठाउन सक्दैनन् ।’

www.tulsipurkhabar.com  बाट साभार  

Copyright 2017.Radio Prakriti 93.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal