Studio Time :

Today : 17-December-2017

रेडियो प्रकृति एफ. एम.

९३.४ मेगाहर्ज

ON AIR

Nepali Morden Songs

UP NEXT

Prakriti mul khabar

NEWS & EVENTS

त्रिशुलीमा बस खस्दा ३१ जनाको मृत्यु

काठमाण्डौं,११ कार्तिक ।

धादिङको गजुरी गाउँपालिका वडा नं ५ घाटवेशी नजिकै त्रिशुली नदीमा बस खस्दा ३१ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युभएका मध्ये १२ जनाको मात्र सनाखत भएको छ । सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ बर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० र्बिषय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ बर्षिय नरेश मुखिया, सप्तरी जिल्ला कै बोधेवर साई न.पा ३ का १५ बर्षिय चन्दरेखा प्रमाणी, बोधेवरसाई न.पा २ का ६ बर्षिय आदित्य यादव, राजविराज न.पा. १६ का ७४ बर्षिय चन्द्रवती झा, तिलाठी गाउँपालिका १ का ३३ बर्षिय मन्जित कुमार झा, तिलाठी गाउँपालिका ३ का ३८ बर्षिय सन्जित कुमार झा, नेरेयाका २५ बर्षिय पार्वती चौधरी, नेरेयाका ३ बर्षिय सुशान चौधरी, नेरेया गाउँपालिका ३ का २४ बर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ बर्षिय ममतादेबी ठाकुर रहेको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराजबाट काठमाडौँका लागि छुटेको ना ४ ख १४६७ नं बस आज विहान ५ः५५ बजेतिर त्रिशुली नदीमा खसेको थियो । दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ । घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको र १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएकोे छ । बसमा कति सवार थिए भन्ने एकीन हुन नसकेको गजुरी प्रहरीले जानकारी दिएको छ ।

Copyright 2017.Radio Prakriti 93.4 MHz.All Rights Reserved.

Powered By : i-Tech Nepal