आन्दोलनमा उत्रिनुपर्यो विद्यार्थी

About us

सिरहा, कार्तिक १९ – सिरहाको मिर्चैयामा रहेको श्रीमोहन उच्च माबिमा बिद्यार्थीहरुले बुधबार तालाबन्दी गरेका छन् । नियमित कक्षा संचालनको माँग गर्दै विद्यालय प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि बिद्यालय प्रशासनले कुनै किसिमको चासो नदेखाएपछि आफुहरुलाई बाध्य भएर तालाबन्दी गर्नु परेको बिद्यार्थीहरुले बताएका छन् ।

बुधबार बिहान करीब ११ बजे बिद्यालयमा भेला भई मुल गेटमा तालाबन्दी गरि विद्यालय प्रशासन बिरुद्ध बिद्यार्थीहरुले जोडदार नाराबाजी गरेका छन । बिद्यालय परिसरबाट सुरु भएको बिरोध र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाको अगाडी सडमा विद्यार्थीहरु विद्यालय प्रशासन बिरुद्ध नारबाजी गरेका छन् ।

इलाका प्रहरी कार्यालय मिर्चैया अगाडी विद्यार्थीहरुले नाराबाजी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाको पहलमा प्रहरी कार्यालय मिर्चैयाको परिसरमा बिद्यालयका निमित्त प्रअ पशुपति ठाकुरको नेतृत्बमा रहेको ४ सदस्यी टोली, प्रहरी प्रशासन र बिद्यार्थीहरबिच छलफल भएको छ । छलफलमा बिद्यालयको प्र.अ. रामबृक्ष ठाकुरलाई कार्तिक २१ गते शुक्रबार विद्यालयमा हाजिर गराउने विद्यालय प्रशासन र बिद्यार्थीहरुबिच सहमति भएपछि बिद्याथीहरुले ताला खोल्न सहमति जनाएका छन् ।
छलफलमा विद्यालय प्रशासन, बिद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतका सहभागीता रहेका थियो । ईलाका प्रहरी कार्यालय मिर्चैया अगाडी सडकमा बिद्यार्थीहरुले चर्को नाराबाजी गरेपछि झडपको स्थित समेत सिर्जना भएको थियो भने पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको थाना चौकमा केहि समय सड्क पनि अबरुद्ध भएको थियो । यता आफुहरुको मागहरुलाई समयमा सम्बोधन गरिएन भने विद्यालयमा पुनः अनिश्चितकालको लागि तालाबन्दी गर्ने विद्यार्थीहरुले चेताबनी समेत दिएका छन् ।

विद्यालयमा केहि महिनादेखि चुलिएको बिबादका कारण विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको जनगुनासो रहेका छन । बिद्यालयको प्रशासनिकदेखि लिएर शौक्षिक, भौतिक, आर्थिक लगायतका क्षेत्रमा भएको मनमौजीको कारणले छाडापन प्रवेश गरेको अभिभाबकहरुको गुनासो रहेको छ । जसको कारणले एसएलसीमा पनि बिद्यालयको नतिजा दिनानुदिन खस्किँदों अबस्थमा रहेको बताईएको छ । अहिले बिद्यालयको अर्ध बार्षिक परिक्षाको पुर्ब सन्ध्यामा बिद्यालयमा तालाबन्दी भएपछि बिद्याथीहरुको भबिष्य झन् अन्ध्यारोमा धकेलिएको छ ।