टी-२० खेल्न नेपालीको घोषणा

About us

१९ कात्तिक, काठमाडौं । हङकङसँग खेल्ने टी-२० क्रिकेट सिरिजका लागि पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ ।

नेपालले श्रीलंकामा श्रीलंकासँग तीन म्याचको टी-२० सिरिज खेल्नेछ, जुन नेपालले खेल्न लागेको पहिलो टी-२०सिरिज हो ।

क्यानले बुधबार घोषणा गरेको टीममा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् । टोलीमा नयाँ अनुहारका रुपमा राजेश पुलामी र करण केसीले स्थान बनाएका छन् । प्रदिप ऐरी र अनिल मण्डलले कमब्याक गरेका छन् ।

टोलीमा विनोद भण्डारी, सुवास खकुरेल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कमी, सागर पुन, अमृत भट्टराई र नरेश बुढायर छन् । मलेसियामा भएको डिभिजन थ्रीमा राम्रो प्रर्दशन गरेका भूवन कार्कीले पनि टीममा स्थान बनाएका छन् ।

महेश रिजाललाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ ।

नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । नेपालले श्रीलंकाली टीमसँग दुई तीन दिवसीय खेल खेल्नेछ । साथै हङकङसँग टी-२० सिरिज खेल्नेछ, जुन नेपालले खेल्न लागेको पहिलो टी-२० सेरिज हो ।
नेपालले हङकङसँग एक एकदिवसीय म्याच खेल्नेछ ।