ट्रक दुर्घटना, सातको मृत्यु

About us

१८ कात्तिक, मकवानपुर । मकवानपुरमा भएको ट्रक दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । नौं जना घाइते भएका छन् । मृतकको परिचय खुल्न सकेको छैन् ।

घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सर्लाहीबाट चितवन आउँदै गरेको ना ४ ख १२५२ नम्बरको ट्रक मकवानपुरको चुरियामाईको उकालोमा दुर्घटना भएको हो । ट्रक अनियन्त्रित भएर सडकको बायाँ पट्टी पल्टिएको छ ।

इटा बोकेर आउँदै गरेको ट्रकमा धान काट्ने मजदुरहरु रहेका थिए । उनीहरुको शव इटाले पुरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । शव निकाल्ने काम भइरहेको छ ।