झुकिन्छन् सर्वसाधारण

About us

ओशोको दर्शन छ, ‘भित्रबाट परिवर्तन  हौं सोच र विचार बदल यहि नै उन्नति समृद्धि र मोक्षको मार्ग हो ।’ तर नेपाल प्रहरीले प्रवृति बदल्नमा ध्यान दिनुभन्दा पनि पोसाक बदलेको छ । उसको पोसाकको रंग गाढा निलो छ, झण्डै कालो नै देखिन्छ । कालो रंग न्याय सत्य र उज्यालोको प्रतिक नभएको मानिदै आएको छ । हिन्दी चलचित्रमा पटक पटक हामीले देखेका छौं नेपाल प्रहरीले अहिले प्रयोग गर्दै आएको पोसाकमा खलनायकहरु अपहरण गर्न जान्छन्, चोरी गर्न जान्छन् । नायकको भूमिकामा रहनु पर्ने प्रहरीले खलनायकको पोसाकमा सर्वसाधरणको सुरक्षामा खटिएको देख्दा आम सर्वसाधरणले प्रहरी हुन वा अन्य निक्र्यौल गर्न सकेका छैनन् ।
सर्वसाधरण मात्रै होइन हाल नेपाल प्रहरीले प्रयोग गर्दै आएको कालोमा हल्का निलो रंगको पोसाक प्रहरी आफैलाई पोलीसीङ गर्न समेत असहज भएको बताउन थालेका छन् । ‘यो ड्ेरसले हामीलाई पोलीसीङ गर्न असहज भएको छ ।’ उनले भने ‘बरु हजुरहरुले सक्नु हुन्छ भने हाम्रो भनाई २ रुपैया पर्ने पत्रिकामा भएपनि समाचार छाप्दिनुस् केही हुन्छ की ।’
प्रहरी निरिक्षक रहेका उनले हाल आफूले लगाउदै आएको पोसाक पहिलेको पोसाक भन्दा कमसल रहेको बताए । ‘अहिलै भुवा उडीसकेको छ ।’ उनले भने हामीलाई सर्वसाधरणले हेर्ने दृष्टिकोणमा समेत व्यापक फरक आएको पाएको छु, जुन पहिला सम्मान थियो त्यो समेत छैन ।’