२०८० फाल्गुण, ९ बुधबार

हाम्रो बारेमा

सबै

यो प्राकृतिक स्रोत व्यवस्थापन समाज नेपालद्वारा सञ्चालित नेपालकै पहिलो वातावरणमैत्री सामुदायीक रेडियो, रेडियो पकृति एफ. एम. ९३.४ मेगाहर्ज हो । यो रेडियो लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको सुन्दर नगरी तुलसीपुरको सल्यानरोडबाट बिहान ५ बजेदेखि राती सवा १० बजेसम्म दैनिक प्रसारण हुँदै आएको छ । यसका साथै हामीलाई इन्टरनेटमा www.radioprakriti.comहाम्रो पात्रो मोबाइल एप्लिकेसनमार्फत संसारको कुनै पनि स्थानमा सजिलै सुन्न सक्नुहुन्छ ।

 

विशेषगरी सामुदायिक वन, वातावरण, तथा प्राकृतिक स्रोतको संरक्षण गरी पर्यावरण जोगाउँदै बढ्दो जलवायु परिवर्तन कम गर्नु हाम्रो लक्ष्य हो । हामीले सत्य, तथ्य र निस्पक्ष समाचारका साथै विभिन्न मनोरञ्जनात्मक, ज्ञानमुलक तथा सुचनामुलक कार्यक्रमहरु प्रसारण गरिरहेका छौँ । त्यसैगरी विभिन्न गीतसंगीत एवम् लोककल्यानकारी सुचनाहरु पनि सम्प्रेषण गरिरहेका छौँ ।